पनाश फेल्ट एण्ड क्राफ्ट एक सृजनात्मक र सामाजिक उद्देश्यले प्रेरित उत्पादन कम्पनी हो, जहाँ नेपाली सीप, मिहिनेत र सन्देश एउटै धागोमा गाँसिएका छन्। हाम्रो मुख्य उद्देश्य हो — नेपालको परम्परागत फेल्ट (ऊन) उत्पादनलाई आधुनिक डिजाईन र अन्तर्राष्ट्रिय गुणस्तरमा रूपान्तरण गर्दै, रोजगारी सिर्जना गर्नु र महिलाहरुलाई आत्मनिर्भर बनाउनु।
हामी कीर्तिपुर, दौदह स्थित कार्यशालाहरूमा स्थानीय गृहिणी, महिला र युवायुवतीहरू सँग मिलेर विभिन्न किसिमका फेल्ट बल, फेल्ट शीट, गिफ्ट आइटम, होम डेकोर, खेलौना र क्राफ्ट सामग्रीहरू निर्माण गर्छौं, जुन यूरोपियन मापदण्ड अनुसार तयार पारिन्छ।
महिलामैत्री र समावेशी कार्यशाला
दक्ष प्रशिक्षण र सीप विकास कार्यक्रम
१००% हातले बनेका, प्राकृतिक र टिकाउ उत्पादनहरू
निर्यात योग्य गुणस्तर र डिजाइन
“स्थानीय सीप र स्रोतलाई सदुपयोग गर्दै, नेपाली महिलालाई आर्थिक रूपमा सशक्त बनाउने।”
“नेपाली फेल्ट उत्पादनलाई विश्व बजारमा चिनाउने, र समुदायको समृद्धिमा टेवा पुर्याउने।”

🟣 "स्थानीय महिलाहरूले बनाएका हस्तकला यत्रो स्तरमा पुगिरहेको देख्दा निकै खुशी लागेको छ। यो त केवल व्यापार होइन, यो त परिवर्तनको यात्रा हो।"
— रमेश श्रेष्ठ, उद्यम विकास सल्लाहकार

"पनाश फेल्ट एण्ड क्राफ्ट जस्ता संस्थाले नेपाली महिलाहरूको सीपलाई रोजगारीमा रूपान्तरण गर्दै आत्मनिर्भरता तर्फ अघि बढाएको देख्दा गर्व लाग्छ।"
-शान्ता पोखरेल, सामाजिक अभियन्ता
पनाश फेल्ट एण्ड क्राफ्ट is proudly powered by WordPress